एमालेलाई काठमाडौँ महानगरको एक लाख जरिवाना, दरबारमार्गमा फोहोर गरेको आरोप

काठमाडौं, मङ्सिर ७-काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँको जरिवाना गर्ने निर्णयको पत्र काटेको छ l
काठमाडौँ महानगरपालिकाको कार्यालयले चलानी नं. १६६ भएको पत्र नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी कार्यालयको नाममा काटेको छ र विषय जरिवाना सम्बन्धमा उल्लेख गरिएको छ l
बिहीबार दरबारमार्गस्थित एमालेले गरेको जागरण सभाका क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदुषण गरेको भन्दै महानगरले एमालेलाई जरिवाना गरेको पत्र सार्वजनिक गरेको छ l
महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना तोकिएको जनाएको छ ।
एमालेको जागरण सभामा सहभागीहरूले बदामका बोक्रा,प्लास्टिक, पानीका बोतल र चाउचाउका खोललगायत फोहोर जथाभावी फालेका थिए l
काठमाडौं महानगरपालिकाको पत्र जस्ताको त्यस्तै :


कास्की : चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण ...

भारतीय मूलका अमेरिकी नागरिक विवेक रामास्वामी राष्ट्रपति उम्मेदवारको दौडबाट पछि हटेका छन् । आन्तरिक निर्वाचनमा अयोया राज्यमा चौथो स्थानमा आएपछि रामास्वामीले उम्मेदवारीको दौड अन्त्य गर्ने…

एमालेका पुराना कार्यकर्ता नानीरामले देश नबन्नुको कारणका सूची नै प्रस्तुत गरे, ‘पहिलो– नेताहरू भ्रष्ट भए। दोस्रो– कर्मचारीहरू भ्रष्ट भए । तेस्रो– नेता र कर्मचारी मिलेर…