गुगल सीईओले ट्रम्पलाई गरे फोन, बीचमा आए एलन मस्क !

७ मंसिर, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कबीचको मित्रता जगजाहेर नै छ । मस्क र ट्रम्प विभिन्न ठाउँमा सँगै देखिने गरेका पनि छन् ।
यतिसम्म कि डोनाल्ड ट्रम्पलाई आउने फोनकलमा समेत एलन मस्क छिर्ने गरेका छन् । हालै गुगल सीईओ सुन्दर पिचाइले ट्रम्पलाई बधाई दिनका लागि फोनकल गर्ने बेलामा समेत यस्तै घटना भएको छ ।
एलन मस्कलाई नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै एउटा विशेष भूमिका प्रदान गरिसकेका छन् । ट्रम्पले सरकारी दक्षता विभाग (DOGE) को जिम्मेवारी मस्कलाई सुम्पिएका छन् ।
ट्रम्पले चुनावी अभियानकै क्रममा उक्त पदको संकेत गरेका थिए । मस्कले विवेक रामास्वामीसँगै उक्त विभागको नेतृत्व गर्नेछन् । मस्क र रामास्वामीलाई दिइएको जिम्मेवारीका बारेमा ट्रम्पले भनेका छन्– यी दुईजना अमेरिकी मिलेर मेरो कार्यकालमा सरकारी निकायहरुको भारत कम गर्ने, अतिरिक्त नियमहरुमा कटौती, अनावश्यक खर्च कटौतीसँगै संघीय एजेन्सीहरुको पुनर्संरचना गर्नमा पनि सहयोग गर्नेछ । अमेरिका बचाउ अभियानमा यो आवश्यक छ ।

कास्की : चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण ...

भारतीय मूलका अमेरिकी नागरिक विवेक रामास्वामी राष्ट्रपति उम्मेदवारको दौडबाट पछि हटेका छन् । आन्तरिक निर्वाचनमा अयोया राज्यमा चौथो स्थानमा आएपछि रामास्वामीले उम्मेदवारीको दौड अन्त्य गर्ने…

एमालेका पुराना कार्यकर्ता नानीरामले देश नबन्नुको कारणका सूची नै प्रस्तुत गरे, ‘पहिलो– नेताहरू भ्रष्ट भए। दोस्रो– कर्मचारीहरू भ्रष्ट भए । तेस्रो– नेता र कर्मचारी मिलेर…