भिडियो हेरेर दुई जनाले आत्महत्या गरेपछि टिकटक विरुद्ध मुद्दा

आफ्ना किशोरावस्थाका छोराछोरीहरूले हानिकारक सामग्रीहरू हेरेर आत्महत्या गरेको भन्दै फ्रान्समा सात परिवारले सोसल मिडिया प्लेटफर्म टिकटक विरुद्ध मुद्दा दायर गरेका छन् ।
टिकटकको एल्गोरिदमले किशोरकिशोरीहरूलाई आत्महत्या प्रोत्साहन, आफैंलाई नोक्सानी गर्ने तथा भोजन सम्बन्धी समस्या (इटिंग डिसअर्डर) विषयका भिडियोहरू देखाउने गरेको र सोहीबाट प्रभावित भएर २ जनाले आत्महत्या गरेको ती परिवारको दाबी छ ।
टिकटक पीडित परिवारजनले संयुक्त रुपमा क्रेटेइल न्यायिक अदालतमा मुद्दा दायर गरेका छन् । निवेदकका वकिल लाउरे बोट्रोन मार्मियोनका अनुसार टिकटक विरुद्ध परिवारजनले संयुक्त रुपमा मुद्दा हालेको युरोपमा यो नै पहिलो पटक हो ।
उनी भन्छिन्, ‘अभिभावकहरूले अदालतबाट टिकटकको कानुनी दायित्वको किटान होस् भन्ने चाहेका छन् । टिकटक एक व्यावसायिक कम्पनी हो र उसले बालबालिका समेतको लागि प्रडक्ट तयार पार्ने गर्दछ । त्यसैले उसले आफ्ना प्रडक्टको कमजोरीका विषयमा पनि जवाफ दिनुपर्छ।’
स्मरणरहोस् फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले जस्तै टिकटकले अमेरिकामा पनि सयौं मुद्दा झेलिरहेको छ । टिकटकले दशौं लाख बालबालिकालाई उत्तेजित पार्दै लतमा फसाएको र उनीहरूको मानसिक स्वास्थ्यमा क्षति पुर्याएको आरोप अमेरिकामा दायर मुद्दाहरूमा लगाउने गरिएको छ ।
फ्रान्समा दायर मुद्दाको विषयमा टिकटकले कुनै प्रतिक्रिया जनाएको छैन ।
यद्यपि बालबालिकाको मानसिक स्वास्थ्य सम्बद्ध विषयहरूलाई भने आफूले गम्भीरतापूर्वक लिएको यसअघि उसले बताउने गरेको थियो । अमेरिकी सांसदहरूले सोधेको प्रश्नमा टिकटक सिइओ शोउ जीले बालबालिकाको सुरक्षाका लागि टिकटक एपमा विभिन्न उपायहरुका लागि पर्याप्त लगानी गरिएको दाबी गरेका थिए ।

१ मंसिर, काठमाडौं । मन चंगा छ । एकाबिहानै उड्दैउड्दै अन्नपूर्ण र माछापुच्छ्रे हिमालको काखमा पुगिसकेको छ । घरबाट पाइला ...

कास्की : चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण ...

भारतीय मूलका अमेरिकी नागरिक विवेक रामास्वामी राष्ट्रपति उम्मेदवारको दौडबाट पछि हटेका छन् । आन्तरिक निर्वाचनमा अयोया राज्यमा चौथो स्थानमा आएपछि रामास्वामीले उम्मेदवारीको दौड अन्त्य गर्ने…