भारतको महाराष्ट्र र झारखण्ड विधानसभा चुनावको मतगणना सुरु

८ मंसिर, काठमाडौं । भारतको महाराष्ट्र र झारखण्ड विधानसभा चुनावको मतगणना सुरु भएको छ ।
महाराष्ट्रको २८८ विधानसभा सिटका लागि २० नोभेम्बरमा एकै चरणमा मतदान भएको थियो भने झारखण्डको ८१ विधानसभा सिटका लागि दुई चरणमा-१३ नोभेम्बर (पहिलो) र २० नोभेम्बर (दोस्रो) मतदान भएको थियो ।
यी दुई राज्यका विधानसभा चुनावबाहेक केरलाको वायनाड र महाराष्ट्रको नांदेड़ लोकसभा सिटहरू साथै केही राज्यका विधानसभा सिटहरूका लागि उपचुनाव पनि भएको छ । तिनको नतिजा पनि आज नै सार्वजनिक हुनेछन् ।
महाराष्ट्रमा सत्तारूढ महायुती र महाविकास अघाडीबीच प्रतिस्पर्धा भइरहेको छ। त्यस्तै, झारखण्डमा जेएमएम नेतृत्वको ‘इन्डिया’ गठबन्धन र बीजेपी नेतृत्वको ‘एनडीए’ गठबन्धनबीच प्रतिस्पर्धा देखिएको छ ।
मतदानपछि आएका अधिकांश एक्जिट पोलहरूले दुवै राज्यमा कडा प्रतिस्पर्धा हुने देखाएका छन् । यी पोलहरूले महाराष्ट्रमा बीजेपी नेतृत्वको महायुती गठबन्धन र झारखण्डमा बीजेपी नेतृत्वको एनडीएलाई अग्रता रहने अनुमान गरेका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार प्रारम्भिक मतपरिणाम अनुसार दुवै राज्यमा बीजेपी नेतृत्वको गठबन्धन नै अघि देखिएको छ ।
२८८ सिट भएको महाराष्ट्र विधानसभा जित्नका लागि १४५ सिटको आवश्यकता पर्छ । त्यस्तै ८१ सिट भएको झारखण्ड विधानसभा जित्नका लागि बहुमतको आंकडा ४१ सिटको छ ।
बीबीसी हिन्दीका अनुसार महाराष्ट्रमा ६५ प्रतिशत र झारखण्डमा ६७.५९ प्रतिशत मत खसेको छ ।

कास्की : चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण ...

भारतीय मूलका अमेरिकी नागरिक विवेक रामास्वामी राष्ट्रपति उम्मेदवारको दौडबाट पछि हटेका छन् । आन्तरिक निर्वाचनमा अयोया राज्यमा चौथो स्थानमा आएपछि रामास्वामीले उम्मेदवारीको दौड अन्त्य गर्ने…

एमालेका पुराना कार्यकर्ता नानीरामले देश नबन्नुको कारणका सूची नै प्रस्तुत गरे, ‘पहिलो– नेताहरू भ्रष्ट भए। दोस्रो– कर्मचारीहरू भ्रष्ट भए । तेस्रो– नेता र कर्मचारी मिलेर…