सडकमा प्रधानमन्त्री, मिसन ०८४ मा एमाले

एमालेका पुराना कार्यकर्ता नानीरामले देश नबन्नुको कारणका सूची नै प्रस्तुत गरे, ‘पहिलो– नेताहरू भ्रष्ट भए। दोस्रो– कर्मचारीहरू भ्रष्ट भए । तेस्रो– नेता र कर्मचारी मिलेर गरिरहेको भ्रष्टाचार तोड्ने नेता भेटिएन ।’
नानीरामले जवाफ दिए, ‘सामाजिक सञ्जालमा जथाभावी नलेखिदिए हुन्थ्यो, नभएको कुरा लेखेर दुर्गे (दुर्गा प्रसाईं) पक्राउ परे । कसैको राम्रो कुरा मात्रै लेख्नुपर्छ भन्दिनँ म, जे हो त्यही वास्तविक कुरा मात्रै लेखिदिए हुन्थ्यो ।’
२०४७ सालमा एमालेको संगठित सदस्यता लिएका नानीरामले कुटनीतिक जवाफ दिए । पेशाले किसान उनी राजनीतिलाई सेवाकै रूपमा बुझ्छन् । ‘राजनीति सेवा हो भन्ने बाहेक अरु बुझिएन । धेरै बुझ्नेले भ्रष्टाचार बुझे, अरू के–के बुझे, म त्यता जान चाहन्न’ उनले विस्तारमा भने, ‘खास कुरो– हामीले धेरै ठूला राजनीतिक परिवर्तन ग¥यौं, तर स्थिर सरकार दिन सकेनौं ।’
राजनीतिक अस्थिरता उत्कर्षमा पुगिरहेको छ । स्थिर सरकार कसरी दिने ? केहीबेर सोचेर नानीरामले संशय व्यक्त गरे, ‘अहिलेकै अवस्थामा ०८४ मा पनि एउटै दलले बहुमत पाउला जस्तो लाग्दैन ।’ यद्यपि कांग्रेस–एमाले मिलेर सरकारबाट जनताको मन जित्ने काम गर्न सके स्थिर सरकार दिन सकिने उनले बताए ।

के हुन ती ‘मन जित्ने काम’ ? नानीराम स्पष्ट देखिए । ‘सहकारी पीडितको पैसा फिर्ता गर्नुपर्छ । जनताको आयआर्जन बढ्ने काम गर्नुपर्छ’ उनले भने, ‘सरकारमा गएर जनताको काम नगर्ने दल तल झन तल झरिहाल्छ ।’
एमालेका पुराना कार्यकर्ता नानीरामले देश नबन्नुको कारणका सूची नै प्रस्तुत गरे, ‘पहिलो– नेताहरू भ्रष्ट भए । दोस्रो– कर्मचारीहरू भ्रष्ट भए । तेस्रो– नेता र कर्मचारी मिलेर गरिरहेको भ्रष्टाचार तोड्ने नेता भेटिएन ।’
सडकमा एक सामान्य कार्यकर्ताले गहिरो आत्मसमीक्षासहितको निष्कर्ष सुनाइरहँदा मञ्चबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमाले गठबन्धन सरकार २०८४ सम्मै टिक्ने दाबी गरिरहेका थिए ।
त्यही भाषण सुनिरहेका नानीरामलाई हामीले सोध्यौं, ‘सरकार तपाईंको पार्टीको छ । यति धेरै नेताहरू छन् । अर्को खोज्न कहाँ जाने ?’
हाम्रो प्रश्नमा उनले अध्यक्षको आशय मिसाएर जवाफ दिए, ‘एउटै पार्टीले पाँच वर्ष सरकार चलाउन पाएको छैन । अब यसमा ध्यान दिने हो भने देश बनाउने नेता निस्कन्छ ।’

जागरण सभाले एमालेका नेता÷कार्यकर्ताको मनोबल उच्च बनाएको पनि उनलाई लाग्छ । ‘पानी नभएको ठाउँमा पानी पुर्याए प्यास मेटिन्छ । त्यस्तै भएको छ आजको सभामा । यसले एमालेभित्रको एकत्व थप बलियो बनाउँदै आगामी चुनावमा परिणाम समेत देखाउँछ,’ पराजुलीको विश्वास छ ।
यही मंसिर १६ गते स्थानीय तहका विभिन्न ४४ पदमा उपनिर्वाचन हुँदैछ । उनी भन्छिन्, ‘स्थानीय तहको उपचुनावमा उम्मेदवारले पनि चुनावी जित र हारलाई असर गर्छ । तर, आजको जस्तो जागरण सभा निरन्तर गर्न सक्दा एमाले कार्यकर्ता र एमाले समर्थित जनतालाई जागृत गराइराख्न र त्यसको प्रतिफल ०८४ को चुनावमा चाख्न सकिन्छ ।’

कास्की : चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण ...

भारतीय मूलका अमेरिकी नागरिक विवेक रामास्वामी राष्ट्रपति उम्मेदवारको दौडबाट पछि हटेका छन् । आन्तरिक निर्वाचनमा अयोया राज्यमा चौथो स्थानमा आएपछि रामास्वामीले उम्मेदवारीको दौड अन्त्य गर्ने…

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज शनिबार भृकुटीमण्डपमा सभा गर्दैछ l आफ्नो शक्तिको प्रदर्शन गर्ने भएको छ l