एमाले धनमाया विश्वकर्माहरूको रगत, पसिना र श्रमले निर्मित

धनमाया विश्वकर्माहरूको समय पञ्चायतकालीन समय थियो l जतिबेला पार्टीहरूमा लाग्नु, सङ्गठन गर्नु र पञ्चायत तर गतिविधिमा संलग्न हुनु सहज विषय र समय थिएन l त्यसमा पनि दलित समुदायको महिलाको लागि घर छोडेर बाहिर निस्कनु र
पार्टी सङ्गठनमा लाग्नु आफ्नै घर र समाजको दृष्टिमा दुर्बोध्य काम थियो l एकातिर समाज र प्रशासनको डर अर्कोतिर आफ्नै घरका मान्छेलाई मनाएर बाहिर निस्कनु जोखिमपूर्ण यात्रा थियो l
धनमाया विश्वकर्माले त्यस्तै जोखिमको यात्रा रोज्नु भयो जसको फल आज उहाँका छोराछोरी पुस्ताको स्वतन्त्रता र लोकतान्त्रिक गणतन्त्रको स्वच्छन्दता पाइरहेका छन् l त्यस अर्थमा धनमायाहरूले गर्नु भएको संघर्षको उपादेयता देखिन्छ l आफू अन्यायमा परेर पछाडि नै रहे पनि राज्यको कुनै निकायमा प्रवेश नपाए पनि लोकतन्त्रको लागि गणतन्त्रको लागि योगदान गर्न पाएकोमा धनमाया विश्वकर्मा गर्व गर्नु हुन्छ l
धनमाया विश्वकर्माहरूको रगत,पसिना र आँशुले प्राप्त लोकतन्त्रको फल खानेहरूलाई लोकतन्त्र कसरी प्राप्त भयो कति दुख,धपेडी,भोक,प्यास,अभाव,ताडना र तपस्या गरेर आएको हो भन्ने थाहा छैन l जसले लोकतन्त्रको लागि लगानी गरेको छैन त्यसको लागि गरिएको दुख र पीडाको अनुभूति हुने कुरा पनि भएन l त्यसैले लोकतन्त्र गणतन्त्रलाई सामान्य अर्थमा बुझ्छन् l तर जसको जीवनको अमूल्य समय जनताको अधिकार स्थापनार्थ बितेको छ उसको लागि लोकतन्त्र जतिसुकै प्रतिकुल स्थितिमा पनि सर्वप्रिय छ l

आफ्नो पार्टी तत्कालीन अवस्थामा नेकपा माले र पछि नेकपा एमालेको सदस्यको रूपमा ४० वर्षभन्दा बढी समयदेखि खटेको, आफ्नो जवानी र जीवनको अमूल्य समय खर्च गरेकोमा धनमायालाई कुनै पश्चाताप छैन l नेकपा एमाले यस्तै समर्पित प्रतिबद्ध पार्टी कार्यकर्ताको कारण जस्तै प्रतिकूल अवस्थामा पनि बलियो छ l सङ्गठनको बल नै नेकपा एमालेको आधार हो l हुन् त कुनै अमुक नेताको नाम लिएर उनको त्याग दूरदृष्टि आदिको कारण नेकपा टिकेको र बलियो बनेको तर्क गरिन्छ तर नेकपा टिकाउने र प्रतिकूल अवस्थामा पनि बचाउने काम धनमाया विश्वकर्मा जस्ता भुइँ तहमा बसेर पार्टी संगठन गर्ने र त्यसको बदलामा कुनै लाभ र लोभको ठुलो सपना नबोकेका नेताकार्यकर्ताको कारण हो l

कास्की : चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण ...

भारतीय मूलका अमेरिकी नागरिक विवेक रामास्वामी राष्ट्रपति उम्मेदवारको दौडबाट पछि हटेका छन् । आन्तरिक निर्वाचनमा अयोया राज्यमा चौथो स्थानमा आएपछि रामास्वामीले उम्मेदवारीको दौड अन्त्य गर्ने…

एमालेका पुराना कार्यकर्ता नानीरामले देश नबन्नुको कारणका सूची नै प्रस्तुत गरे, ‘पहिलो– नेताहरू भ्रष्ट भए। दोस्रो– कर्मचारीहरू भ्रष्ट भए । तेस्रो– नेता र कर्मचारी मिलेर…